वैदेशिक अध्ययन सहज: अनलाइनबाटै एनओसी आवेदन र डाउनलोड व्यवस्था
प्रकाशित मिति: आइतबार, बैशाख ०६, २०८३ | १८:३४:०९
चितवन, ०६ बैशाख । अब वैदेशिक अध्ययनका लागि एनओसी लिन विद्यार्थीले कार्यालय धाउनुपर्ने छैन। एनओसी शाखाले त्रिवि र केयूसँग प्रणाली जोडेर सेवा पूर्ण रूपमा अनलाइन बनाएको छ।
विद्यार्थीहरूले घरबाटै आवेदन दिन, शुल्क तिर्न र प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्। क्यूआर कोड भएको एनओसी सजिलै भेरिफाइ गर्न सकिनेछ।
यसअघि स्नातकोत्तर तहका लागि भौतिक उपस्थित हुनुपर्ने व्यवस्था अब हटेको छ।
प्रकाशित मिति : आइतबार, बैशाख ०६, २०८३ |
१८:३४:०९
1























