सुन तोलामा ४०० र चाँदी ५० रुपैयाँले महँगियो
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३ | १३:०५:११
चितवन, १९ जेठ । स्थानीय बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ३ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ।
सोमबार प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज बढेको मूल्यमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भई ५ हजार ४०५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : मंगलबार, जेठ १९, २०८३ |
१३:०५:११
133


























