अत्यधिक गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३ | १७:४१:२८
चितवन, २५ जेठ । बाँकेको कोहलपुर नगरपालिकाले अत्यधिक गर्मीका कारण नगरभित्रका सबै विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारका अनुसार पछिल्ला दिनहरूमा बाँकेसहित तराईका जिल्लामा तापक्रम उल्लेख्य रूपमा बढेपछि सामुदायिक र संस्थागत विद्यालयमा नियमित पठनपाठन स्थगन गरिएको हो।
नगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यमा उच्च तापक्रम र तातो हावाले प्रतिकूल असर पार्न सक्ने भन्दै जेठ २५ देखि २७ गतेसम्म नगरभित्र सञ्चालित ३३ सामुदायिक र ५० संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।
मिजारका अनुसार मौसममा सुधार भई वर्षा भएपछि बिदा तीन दिनमै सीमित रहनेछ। तर गर्मीको अवस्था यथावत् रहेमा थप दुई दिन बिदा बढाउन सकिने सम्भावना रहेको छ।
प्रकाशित मिति : सोमबार, जेठ २५, २०८३ |
१७:४१:२८
89



























