दुई दिनमै तोलामा १५ हजार २०० रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तियो
प्रकाशित मिति: बिहिबार, जेठ २८, २०८३ | ११:०९:१८
चितवन, २८ जेठ । स्थानीय बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि उच्च दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि हिजो सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यससँगै दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला १५ हजार २०० रुपैयाँले घटेको छ।
यता चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
हिजो चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँ कायम भएको थियो।
प्रकाशित मिति : बिहिबार, जेठ २८, २०८३ |
११:०९:१८
221





















