अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बन्द
प्रकाशित मिति: सोमबार, आषाढ ०८, २०८३ | १६:५९:४६
चितवन, ०८ असार । कैलालीको धनगढी उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेपछि क्षेत्रभित्रका सबै विद्यालयमा चार दिन बिदा दिएको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार असार ९ गतेदेखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द रहनेछ। उक्त बिदा पछि वर्षे तथा हिउँदे बिदाबाट मिलान गरिने जनाइएको छ।
सूचनामा बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको उल्लेख छ।
धनगढीलगायत आसपासका क्षेत्रमा पछिल्ला केही दिनदेखि तापक्रम करिब ४० डिग्री सेल्सियससम्म पुगेपछि जनजीवनसमेत प्रभावित बनेको छ।
प्रकाशित मिति : सोमबार, आषाढ ०८, २०८३ |
१६:५९:४६
309
























