सुन प्रतितोला ३ हजार ६०० रुपैयाँ घट्यो, चाँदी पनि ओरालो
प्रकाशित मिति: बुधबार, आषाढ १०, २०८३ | १२:३४:२१
चितवन, १० असार । स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेर ४ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ।
मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ र चाँदी ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँ तथा चाँदीको मूल्य ४ हजार ७३० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ६४ अमेरिकी डलर र चाँदी ६१ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति : बुधबार, आषाढ १०, २०८३ |
१२:३४:२१
221



















