नेप्से २४.६३ अंकले घट्यो, ३.२५ अर्बको कारोबार
प्रकाशित मिति: मंगलबार, आषाढ १६, २०८३ | १७:३१:३८
चितवन, १६ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा कायम भएको छ।
आज ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर ७९ हजार २८६ पटक खरिदबिक्री हुँदा कुल ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका कम्पनीमध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजार समग्रमा घटे पनि केही कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। आज स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४५४ रुपैयाँ २० पैसामा पुगेको छ।
प्रकाशित मिति : मंगलबार, आषाढ १६, २०८३ |
१७:३१:३८
331

























