‘जेन–जी आन्दोलन’का मुद्दाको पेशी स्थगित गर्न सरकारी वकिल कार्यालयलाई निर्देशन
प्रकाशित मिति: शनिबार, आषाढ २०, २०८३ | १७:१३:५२
चितवन, २० असार । महान्यायाधिवक्ताको कार्यालयले ‘जेन–जी आन्दोलन’सँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न देशभरका सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको छ।
सरकारले उक्त आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने प्रक्रिया अघि बढाएसँगै महान्यायाधिवक्ताको कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।
कार्यालयले अध्ययन प्रक्रिया सम्पन्न नभएसम्म सम्बन्धित मुद्दाहरूको सुनुवाइ अगाडि नबढाउन सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको जनाएको छ।
प्रकाशित मिति : शनिबार, आषाढ २०, २०८३ |
१७:१३:५२
89






















