भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो, ५३ हजार बढी संक्रमित
प्रकाशित मिति: बिहिबार, बैशाख २५, २०७७ | १४:०४:३२
एजेन्सी,२५ वैशाख ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५३ हजार नाघेको छ ।
मृत्यु हुनेको संख्या १ हजार ७८७ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार ३ सय ३३ जना उपचार पछि निको भएका छन् ।
३६ हजार संक्रमितको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । महाराष्ट्रमा सबै भन्दा बढी संक्रमित छन् ।
महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । दिल्लीमा पनि कोरोना भाइरसको सक्रमितको संख्या उच्च छ ।
भारतले मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि देशव्यापी लकडाउन लम्ब्याएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख २५, २०७७ |
१४:०४:३२
6073




















