राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल आह्वान
प्रकाशित मिति: मंगलबार, आषाढ २३, २०८३ | १२:१५:३२
चितवन, २३ आषाढ । राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘ऋणपत्र २०८४ ङ’ जारी गर्न अनलाइनमार्फत बोलकबोल आह्वान गरेको छ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र यस बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सहभागी संस्थाले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर दशमलवपछिका चार अङ्कसम्म उल्लेख गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार न्यूनतम पाँच करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल २५ अर्ब रुपैयाँसम्म, पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
प्रकाशित मिति : मंगलबार, आषाढ २३, २०८३ |
१२:१५:३२
89




















