सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो
प्रकाशित मिति: बुधबार, आषाढ २४, २०८३ | १३:१२:५०
चितवन, २४ आषाढ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, गत बुधबारको तुलनामा भने सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। त्यसबेला सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँ थियो भने गत बुधबार ४ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : बुधबार, आषाढ २४, २०८३ |
१३:१२:५०
243

























