सुनको मूल्य बढ्यो
प्रकाशित मिति: आइतबार, आषाढ २८, २०८३ | ११:४८:४८
चितवन, २८ आषाढ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार कायम गरिएको छ। शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो। महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति १० ग्राम रु २ लाख ४६ हजार ९१५ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला रु ४ हजार ४७५ निर्धारण गरिएको छ, जुन शुक्रबारको प्रतितोला रु ४ हजार ५१० को तुलनामा रु ३५ कम हो । चाँदीको प्रति १० ग्राम मूल्य रु ३ हजार ८३७ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, आषाढ २८, २०८३ |
११:४८:४८
89

























