सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु, प्रदर्शन फैलिँदै
प्रकाशित मिति: बिहिबार, साउन १४, २०८३ | १५:१५:०४
चितवन, १४ साउन । सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलन तथा हुलदंगा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कर्फ्यु आदेश जारी गरेका हुन्।
कर्फ्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म लागू गरिएको छ। यो आदेश साउन १४ गते दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म प्रभावकारी रहने प्रशासनले जनाएको छ।
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिएको छ। बिहीबार बिहानदेखि जनकपुरमा समेत टायर बालेर प्रदर्शन गरिएको छ।
प्रकाशित मिति : बिहिबार, साउन १४, २०८३ |
१५:१५:०४
1387


















