जुनियर क्रिकेट लिग–२ साउन २५ देखि, २४ टोलीको सहभागिता
प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३ | १९:१७:४०
चितवन, १९ साउन । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ आइतबारदेखि सुरु हुने भएको छ।
प्रतियोगितामा २४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) टोली काठमाडौं गुर्खाजको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उदीयमान खेलाडी र अनुशासित टोलीलाई पनि सम्मान गरिनेछ।
साउन २८ गतेसम्म सञ्चालन हुने टी–१० इन्डोर क्रिकेट प्रतियोगिताका खेलहरू काठमाडौंको मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा खेलाइनेछन्। आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रकाशित मिति : मंगलबार, साउन १९, २०८३ |
१९:१७:४०
2025
























