नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३ | १३:१९:२२
चितवन, २९ साउन । नेपाली बजारमा आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : शुक्रबार, साउन २९, २०८३ |
१३:१९:२२
287

























