लगातार तेस्रो दिन नेप्सेमा गिरावट, कारोबार ४ अर्बमाथि
प्रकाशित मिति: मंगलबार, भाद्र ०९, २०८३ | १६:१९:३८
चितवन, ०९ भाद्र । नेपाली सेयर बजारमा मंगलबार पनि गिरावट आएको छ। नेप्से परिसूचक ५.३० अंकले घटेर २,५९४.२७ विन्दुमा झरेको हो।
सोमबार पनि नेप्से १९.१३ अंकले घटेको थियो। मंगलबार बजारमा ३५७ कम्पनीका सेयर ४६ हजार ५५८ पटक किनबेच भए।
दिनभर ४ अर्ब १० करोड ५५ लाख २१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये ७८ वटाको मूल्य बढेको, १८७ वटाको घटेको र १२ वटाको स्थिर रहेको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र ०९, २०८३ |
१६:१९:३८
133

























