जापानकी चर्चित रेस्लर हाना किमुराको मृत्यु
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७ | ११:४८:४६
काठमाडौं,११ जेठ
जापानकी चर्चित रेस्लर हाना किमुराको मृत्यु भएको छ । उनको २२ बर्षको उमेरमा मृत्यु भएको जनाइएको छ । जापानको चर्चित नेटफ्लिक्स ‘रियलिटी शो’ टेरेस हाउसको एक चर्चित पात्रको रुपमा अभिनय गरेकी हानाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
उनको के कारणले मृत्यु भएको भन्ने नखुलेको जनाइएको छ । उनले आफ्नो मृत्यु हुनुअघि सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी थिइन् ।
उनले मृत्युअघि सामाजिक सञ्जालमा आफू बाँच्न नचाहेको बताएकी थिइन् । अहिले उनले पोस्ट गरेका कुराहरुलाई लिएर अनुसन्धान भइरहेको जनाइएको छ । उनले सामाजिक सञ्जालमा तस्बिरसहित गुडबाइ लेखेकी थिइन् ।
प्रकाशित मिति : आइतबार, जेठ ११, २०७७ |
११:४८:४६
5611






















