सुनको मूल्य प्रतितोला १० हजार ४ सयले बढ्यो, तोलाको ८७ हजार ४ नाघ्यो
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७ | १३:३६:१५
काठमाडौं, २५ जेठ ।
लकडाउन पछि पहिलोपटक सुनचाँदी व्यवसायी महासंघले आइतबारबाट सुनचाँदीको भाउ तोकेको छ ।
सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै लकडाउन गरेपछि चैतमा तोकेको सुनको मूल्यमा साढे दुई महिनापछि नयाँ भाउ तोकेको हो ।
सुनचाँदी व्यवसायी महासंघले यस अघि चैत १० गते अन्तिम पटक छापावाला सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ र चाँदीको भाउ ७२० रुपैयाँ तोकेको थियो ।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तोकिएको छ । त्यसैगरी चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँले बढेर ९२५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : आइतबार, जेठ २५, २०७७ |
१३:३६:१५
4555




















