नयाँ कीर्तिमान बनाउदै सुनको मुल्य,तोलाकै पुग्यो ८९ हजार ६ सय
प्रकाशित मिति: बिहिबार, जेठ २९, २०७७ | १२:५२:४०
काठमाडौं,२९ जेठ
नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। आज बिहीबार पनि छापावाला सुनको मूल्यले ८९ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ। तेजावी सुनको मूल्य ८९ हजार १६५ रुपैयाँ कायम गरिएको छ।
चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार चाँदी तोलाको ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत वर्ष आजकै दिन सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा र चाँदी तोलाको ७१५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउन लागू भएदेखि (चैत ११ गतेदेखि) साढे दुई महिनापछि जेठ २५ गतेबाट सुन(चाँदीको कारोबार पुनस् सुरु गरेको थियो। सोही दिन सुन तोलाको ८७ हजार ४ सय र चाँदीको ९२५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : बिहिबार, जेठ २९, २०७७ |
१२:५२:४०
4357




















