एसईई नगर्ने सरकारको निर्णय सही छ, यसलाई कानुनी रुपमै खारेज गरौँ : गगन थापा
काठमाडौं,२९ जेठ
नेपाली कांग्रेसका युवा नेता तथा संसद गगनकुमार थापाले माध्यामिक शिक्षा परीक्षा ९एसईई०लाई कानुनी रुपमै खारेज गर्न प्रस्ताव गरेका छन्।
सांसद थापाले सरकारले यस वर्ष एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनबाटै आएको नतिजालाई मान्यता दिने निर्णय सही भएको बताएका छन्।
उनले कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण व्यवस्था गर्न माग गर्दै १२ १२ को परीक्षालाई राष्ट्रिय परीक्षाका रुपमा लिन आग्रह गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै सांसद थापाले शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिन आग्रह गरेका छन्।
‘यस वर्ष एसईई परीक्षा नहुने, सही निर्णय१ कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण हुने व्यवस्था गरौं र अब बाट एसईई कानुनी रूपमा नै खारेज गरौं। कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं। शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ’, सामाजिक सञ्जाल ट्विटरमा सांसद थापाले लेखेका छन्।
यस वर्ष SEE परीक्षा नहुने,सही निर्णय!कक्षा ११को परीक्षा पनि आन्तरिक मूल्याङ्कन बाट निर्धारण हुने ब्यबस्था गरौं र अब बाट SEE कानुनी रूपमा नै खारेज गराैं।
कक्षा१२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं।
शिक्षा प्रणालीमा परिवर्तनको लागि,संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ।— Gagan Thapa (@thapagk) June 11, 2020
गत चैत ६ गेतबाट सुरु हुने एसईई परीक्षा कोरोनाको महामारीका कारण स्थगित गरिएको थियो। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले एस वर्ष एसईई परीक्षा नलिने र विद्यालयले गरेको आन्तिरिक मुल्यांकनलाई मान्यता दिने निर्णय गरेको थियो।

























