Author: समाबेसी संवाददाता
प्रधानमन्त्रीले राजीनामा दिए
चितवन, २४ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
प्रदर्शनकारीहरू संघीय संसद भवनमा प्रवेश
चितवन, २४ भाद्र । प्रहरी दमनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरू संघीय संसद भवनमा प्रवेश गरेका छन्। जेनजीले सोमबार गरेको आन्दोलनपछि भएको दमनको प्रतिवादस्वरूप उनीहरू संसद भवनमा छिरेका हुन्। यसअघि ...
कलङ्कीमा गोली चल्यो
चितवन, २४ भाद्र । काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
ओली सरकारको रवैया अस्विकार्य छ, उनले राजीनामा दिनुपर्दछ : विपक्षी दल
चितवन, २४ भाद्र । विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नागरिक माथि बर्बर दमन गरेको उल्लेख गर्दै सरकारी रबैया अस्विकार्य भएको र ओलीले राजीनामा दिनुपर्ने ठहर बैठकले गरे...
शेखर कोइरालाद्वारा आफ्नो समूहका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन
चितवन, २४ भाद्र । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले आफ्नो समूहबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् । स्वकीय सचिव दिनेशचन्द्र थप...
काठमाडौंमा चक्रपथभित्र कर्फ्यू, आन्दोलनपछि प्रशासनको कडा कदम
चितवन, २४ भाद्र । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज चक्रपथ भित्र कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार आज बिहान ८:३० बजेदेखि लागू हुने गरी काठमाडौं महानगरपालिकाको बालकु...
सामाजिक सञ्जाल खोल्नेबारे बालुवाटारमा शीर्ष नेताको बैठक
चितवन, २३ भाद्र । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभाप...
देशभर ‘जेनजी’ प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ घाइते
चितवन, २३ भाद्र । सोमबारसम्म ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत ३ सय ४७ जना घाइते रहेका छन्। काठ...
निषेधाज्ञा अवधिभर जुलुस र आवतजावत नगर्न अनुरोध
चितवन, २३ भाद्र । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सङ्घीय संसद् भवनलगायत काठमाडौँका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी भएकाले आदेश अवधिभर भेला, जुलुस र आवतजावत नगर्न अनुरोध गरेको छ । आज उपत्य...









