सामाजिक सञ्जाल खोल्नेबारे बालुवाटारमा शीर्ष नेताको बैठक
प्रकाशित मिति: सोमबार, भाद्र २३, २०८२ | २१:०५:३७
चितवन, २३ भाद्र । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राजीनामा दिएका गृहमन्त्री रमेश लेखकसहित दुवै दलका शीर्ष नेता सहभागी भएका छन् ।
बैठकमा सामाजिक सञ्जाल पुनः सञ्चालन गर्नेबारे छलफल भइरहेको र यसबाट निष्कर्ष आउने अपेक्षा गरिएको एक मन्त्रीले जानकारी दिए ।
प्रकाशित मिति : सोमबार, भाद्र २३, २०८२ |
२१:०५:३७
3873



















