काठमाडौंमा चक्रपथभित्र कर्फ्यू, आन्दोलनपछि प्रशासनको कडा कदम
प्रकाशित मिति: मंगलबार, भाद्र २४, २०८२ | ८:२२:१५
चितवन, २४ भाद्र । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज चक्रपथ भित्र कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार आज बिहान ८:३० बजेदेखि लागू हुने गरी काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको सम्पूर्ण क्षेत्र कर्फ्यूको दायरामा पर्नेछ ।
सोमबार जेनजीले गरेको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि अवस्था थप तनावपूर्ण हुन नदिन कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४, २०८२ |
८:२२:१५
2509




















