देशभर ‘जेनजी’ प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ घाइते
प्रकाशित मिति: सोमबार, भाद्र २३, २०८२ | १९:१७:५३
चितवन, २३ भाद्र । सोमबारसम्म ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत ३ सय ४७ जना घाइते रहेका छन्।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : सोमबार, भाद्र २३, २०८२ |
१९:१७:५३
3213
























