ओली सरकारको रवैया अस्विकार्य छ, उनले राजीनामा दिनुपर्दछ : विपक्षी दल
प्रकाशित मिति: मंगलबार, भाद्र २४, २०८२ | १०:३०:४२
चितवन, २४ भाद्र । विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नागरिक माथि बर्बर दमन गरेको उल्लेख गर्दै सरकारी रबैया अस्विकार्य भएको र ओलीले राजीनामा दिनुपर्ने ठहर बैठकले गरेको छ । आज बिहान प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको संयुक्त बैठकले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने ठहर गरेको हो ।
बैठकका निर्णयबारे जानकारी गराउँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘यो सम्पूर्ण घटनाको प्रधानमन्त्री केपी शर्मा ओलीले लिएर राजीनामा दिनुपर्दछ ।’ विपक्षी दलले हिजोको घटनालाई इतिहासकै सर्वाधिक बर्बर रहेको ठहर गरेका छन् । युवाहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४, २०८२ |
१०:३०:४२
3499



















