चितवनका ६ स्थानीय तहको बजेट कति ?
प्रकाशित मिति: मंगलबार, आषाढ १०, २०७६ | २२:५३:३९
जिल्लाका ७ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । भरतपुर महानगरपालिकासहित रत्ननगर, कालिका, माडी, खैरहनी र राप्ती नगरपालिकाले बजेट र नीति तथा कार्यक्रम ल्याएका हुन् ।
माडी नगरपालिकाले सोमबार नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्यो भने बाँकीले मंगलबार । इच्छाकामना गाउँपालिकाले भने बजेट र नीति तथा कार्यक्रम ल्याएको छैन । गाउँपालिका उपाध्यक्ष किर्तिकुमार श्रेष्ठले बजेट ल्याउन बैठक बसिरहेको टेलिफोनमा बताए । गाउँपालिकाले करीव ५० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको उनले सुनाए ।
प्रकाशित मिति : मंगलबार, आषाढ १०, २०७६ |
२२:५३:३९
9505
























