‘उपमेयर बन्न मानिनँ, राष्ट्रियसभा उपाध्यक्ष बनें’
प्रकाशित मिति: मंगलबार, आषाढ १०, २०७६ | २२:५६:५७
चुनावअघि म बर्दिबास नगरपालिकामा पार्टीको जिम्मेवारीमा थिएँ । त्यहाँको पहिलो महिला मेयर हुनुपर्छ भनेर लडेकी थिएँ । तर, उपमेयरमा प्रस्ताव गरियो । मेयर चलाउन सक्छु, दिन्छौ भने देउ, होइन भने उपमेयर लिन्न भनेँ ।
पछि प्रदेशमा प्रस्ताव गर्ने कुरा भयो । तर, मलाई पहाडे समुदायको भनियो र पहाडे क्षेत्री बाहुनको ४.६ प्रतिशत छ भन्दै मलाई प्रदेशमा लगिएन । म मधेसमै जन्मिएकी, हुर्किएकी, राजनीति गरेकी, मधेसकै लागि लडेकी थिए ।
प्रकाशित मिति : मंगलबार, आषाढ १०, २०७६ |
२२:५६:५७
4511