आइतबार सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६ | ११:१०:२८
काठमान्डौ,१९ माघ।
हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गएको पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसपछि घटेर ७४ हजार रुपैयाँसम्म झरेको सुनको भाउ फेरि बढेर आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको हो ।
यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रकाशित मिति : आइतबार, माघ १९, २०७६ |
११:१०:२८
5611



















