भारतको केरलामा थप एक जनामा देखियो कोरोनाभाइरस

भारतको केरलामा थप एक जनामा देखियो कोरोनाभाइरस

भारत,१९ माघ ।

भारतको केरलामा अर्का एक व्यक्तिमा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको छ। चीनबाट भारत फर्किएकामध्ये आइतबार अर्को एकमा पनि सो भाइरसको संक्रमण भेटिएको हो। अहिले ती संक्रमित बिरामीलाई विषेश निगरानीमा राखिएको छ।

केही दिन अघि मात्रै केरलामै चीनमा अध्ययन गरेर फर्केकी एक छात्रामा सो भाइरस देखा परेको थियो।

केरलामा पहिलो भाइरस संक्रमित बिरामी फेला परेदेखि १७ सय ९३ जनालाई निगरानी गरिरहेको इण्डिया टुडेले जनाएको छ। यी सबै चीनबाट फर्केका हुन्। ७० जनालाई भने छुट्टै वार्डमा राखेर निगरानी गरिरहेको छ।

भारतको स्वास्थ मन्त्रालयलअनुसार ती बिरामीलाई अलापपुझा मेडिकल कलेजमा राखिएको छ। ती बिरामी गत जनवरी २४ मा भारत फर्केका थिए।

केरलाको सरकारले तीन जनालाई यस भाइरसबारे गलत जानकारी दिएको आरोपमा पक्राउ गरेको छ र आत्तिन पर्ने स्थिति नभएको बताएको छ।

यसअघि चीनको वुहान युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीमा सो भाइरस फेला परेको थियो। चीनमा मात्रै कोरोना भाइरसका कारण ३०० भन्दा बढीले ज्यान गुमाइसकेका छन्।