सन्दीपले गौतम बुद्ध रंगशालालाई प्रतिविकेट ८ हजार ८४८ रुपैयाँ सहयोग गर्ने
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६ | १८:२३:४८
चितवन,१९ माघ।
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपाली राष्ट्रिय टिमका स्टार बलर सन्दीप लामिछानेले सहयोग रकम घोषणा गरेका छन्।
सन्दीपले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानविरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा आफूले लिने प्रत्येक विकेटमा सहयोग गर्ने भएका छन्।
सन्दीपले अमेरिका र ओमानविरुद्ध हुने खेलमा आफूले लिने एक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने बताएका हुन्।
कीर्तिपुरस्थित त्रिवि मैदान हुने सिरिजमा नेपालले अमेरिका र ओमानसँग २(२ एकदिवसीय खेल गरी ४ खेल खेल्दैछ।
नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो।
आइसिसी विश्वकप २०२३ को छनोटअन्तर्गतको आइसिसी विश्वकप लिग-२ मा नेपालले आफ्नो पहिलो सिरिज खेल्न लागेको थियो।
प्रकाशित मिति : आइतबार, माघ १९, २०७६ |
१८:२३:४८
5039



















