मंगलबार घट्यो सुनको मूल्य
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६ | १२:१६:५९
काठमाडौं,२८ माघ ।
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा प्रतितोला सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ७६ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुन आज ७५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ । हिजो प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि ८ सय ८० रुपैयाँ नै कायम रहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ २८, २०७६ |
१२:१६:५९
6007



















