यी व्यक्तिले पत्नीलाई पैसा दिनुपर्छ भनेर जलाए सात करोड रुपैयाँ
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६ | १२:२०:२४
एजेन्सी, माघ २८ ।
क्यानडाका ५५ वर्षीय एक व्यवसायीले ७।.१३ लाख डलर अर्थात् सात करोडभन्दा बढी रुपैयाँ जलाएका छन् ।
उनले पत्नीसँगको डिभोर्सपछि आफूसँग भएको पैसा बाँड्न नपरोस् भन्नका लागि उक्त रकम जलाएका हुन् ।
ब्रूस मेककोनबिलेले अदालतमा बयान दिने क्रममा आफूले विभिन्न बैंकमा भएका पैसा २५ पटक निकालेर जलाएको बताएका थिए ।
ब्रूसले आफूले बैंकबाट पैसा निकालेको रकमको रसिद आफूसँगै भएको समेत बताए ।
ब्रूसले आफ्नो गल्ती स्वीकार गरिसकेका छन् र उनलाई अदालतले ३० दिनको जेल सजाय सुनाइएको छ ।
ब्रूसले भने, ‘डिभोर्सको प्रक्रिया भइरहेको थियो, मैले पत्नीलाई पैसा दिन चाहेको थिइनँ । त्यसैले भएको पैसा बैंकबाट निकालेर जलाइदिएँ ।’
प्रकाशित मिति : मंगलबार, माघ २८, २०७६ |
१२:२०:२४
6139























