बुधबार सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
प्रकाशित मिति: बुधबार, फाल्गुण २८, २०७६ | ११:३०:४६
काठमाडौं,२८ फागुन।
आज (बुधबार) सुन मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ८२ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ८२ हजार ३ सय कायम भएको हो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ८२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २८, २०७६ |
११:३०:४६
5545



















