फेरि घट्यो सुनको मूल्य,तोलाको कति भयो ?
प्रकाशित मिति: बिहिबार, चैत्र ०६, २०७६ | १२:०९:४८
काठमाडौं,६ चैत्र ।
नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १ हजार ५ सयले घटेको छ । यस हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।
मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन एक हजारले बढ्दै ७६ हजार ५ सयमा कारोबार भइरहेको मा विहिबार भने १५ सयले घट्दै ७५ हजारमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घट्दै प्रतितोला ६८० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत हप्ताको मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । कोरोना भाइरसको प्रभावका कारण सुनको मूल्य घटबढ भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०६, २०७६ |
१२:०९:४८
6359



















