सबै स्थानीय तहमा न्यूनतम एउटा शाखा खोल्न बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौ,१२ चैत्र ।
बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले सकेसम्म सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंक नियमन विभागले बुधबार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको लागि विभिन ९ बुदे निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले अत्यावश्यक बैंकिङ सेवा नरोक्ने तथा ग्राहकलाई बैंकिङ सेवाको अन्योल नरहने गरी व्यवस्थापन गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी ग्राहकलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्ने सूचित गर्ने, एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्नुको साथै त्यसको निगरानी गर्ने व्यवस्था मिलाउने, सबै प्रदेशको स्थानीय तहसँग समन्वयन गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा न्यूनतम शाखा खोलेर न्यून कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।




















