कोरोना भाइरसको संक्रमण पुष्टि भएका युवा सवार विमानमा थिए १७० यात्रु
प्रकाशित मिति: बिहिबार, चैत्र १३, २०७६ | १४:५५:००
काठमाडौं,१३ चैत्र ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका व्यक्ति सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ ।
चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी(९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो । अब उनीसँगै विमानमा आएका तथा काठमाडौंको होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ ।
स्रोतकाअनुसार एयर अरेबियाको उडान नम्बर जी(९५३७ मा उनीसहित १७० जना यात्रु थिए ।
अध्यागमन विभागले उनीहरुको सूची तयार पारेर प्रहरीलाई पठाएको छ । अब प्रहरीले उनीहरुसँग सम्पर्क स्थापित गरेर होम क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन भन्ने छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १३, २०७६ |
१४:५५:००
4467



















