आज साँझसम्म चीनबाट ल्याइएका स्वास्थ्य सामग्री सातै प्रदेशमा पुर्याइने
प्रकाशित मिति: आइतबार, चैत्र १६, २०७६ | ११:५६:३७
काठमाडौं,१६ चैत्र ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट ल्याइएका कोभिड -१९ को परीक्षण र उपचारमा प्रयोग हुने अत्यावश्यकीय स्वास्थ्य सामग्री सातवटै प्रदेशमा आजै पठाइने भएको छ ।
आज बिहान चीनबाट आएका औषधि, मास्क, पीपीईलगायतका औषधीजन्य सामाग्री नेपाली सेनाको हेलिकप्टरबाट सातै प्रदेशमा पठाउन लागिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आपूर्ति महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले बताए ।
डोटेलले भने, ‘हामीले सामानहरू प्रक्रियामा राखेका छौं, ती सामानहरू प्रक्रियागत रूपमा बुझिसकेपछि आजै सातै प्रदेशमा पठाउछौं ।’
चीनबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई, कोरोना चेक गर्ने किट, ल्याब मेसिनलगायत अत्यावश्यक सामग्री आज (आइवार) बिहान ५ः३० मा त्रिभुवन विमानस्थलमा ओरालिएको थियो ।
प्रकाशित मिति : आइतबार, चैत्र १६, २०७६ |
११:५६:३७
5061



















