नेपालमा थप तिनजनामा कोरोना भाइरसको संक्रमण
प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७६ | १३:३६:३१
काठमाडौं , २२ चैत।
नेपालमा थप तिनजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९ ) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
मुम्बाइबाट फर्किएका कैलालीका २१ बर्षिय एक युवक , उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ बर्षिय पुरुष र कैलालीको ३४ बर्षिय महिलामा संक्रमण देखिएको मन्त्रालयले आफ्नो फेकबुक पेजमा उल्लेख गरेको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र २२, २०७६ |
१३:३६:३१
5017



















