कोरोना अपडेट: विश्वभर मर्नेको संख्या ६० हजार बढी,२ लाख ३६ हजार निको भए
प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७६ | १८:०६:१३
काठमाडौं,२२ चैत्र ।
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ। शनिबार साँझसम्म ६० हजार ३ सय ९८ जनाको ज्यान गएको छ। इटालीमा १४ हजार ६ सय ८१, स्पेनमा ११ हजार सात सय ४४ र अमेरिकामा सात हजार चार सय ६ जनाको ज्यान गएको छ।
फ्रान्समा ६ हजार पाँच सय ७, बेलायतमा ३ हजार ६ सय ५, इरानमा तीन हजार चार सय ५६ र चीनमा ३ हजार ३ सय २६ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा एक हजार २ सय ७५ र बेल्जियममा एक हजार २ सय ८३ जनाको ज्यान गएको छ।
विश्वभर हालसम्म ११ लाख ३३ हजार ८ सय १ संक्रमित भएका छन् भने २ लाख ३६ हजार पाँच जना निको भएका छन्।
प्रकाशित मिति : शनिबार, चैत्र २२, २०७६ |
१८:०६:१३
4687
























