आजदेखि भरतपुरमै सुरु भयो कोरोना परीक्षण
प्रकाशित मिति: सोमबार, चैत्र २४, २०७६ | १६:३६:२२
चितवन, चैत २४ ।
आज (सोमबार)देखि चितवनको भरतपुरमा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु गरिएको छ । तीन दिन लगाएर तयार पारिएको ल्याबमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट संकलन गरिएको १६ जनाको स्वाबको परीक्षण सुरु गरिएको छ ।
छिटो र भरपर्दो रिपोर्ट प्रदान गर्ने गरी काम सुरु गरिएको प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले जानकारी दिए । प्रयोगशालामा हालका लागि चितवनका विभिन्न अस्पतालहरुमा कार्यरत प्राविधिकहरु काम गरिरहेका छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र २४, २०७६ |
१६:३६:२२
5523



















