कोरोना महामारी: मृतकको संख्या ९५ हजार नाघ्यो,यस्तो छ पछिल्लो अपडेट
काठमान्डौँ,२८चैत ।
विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट यो समाचार तयार पार्न समयसम्म विश्वका विभिन्न देशमा गरी ९५ हजार ७६५ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि करिब साढे १६ लाख ५हजार ६९२ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
सङ्क्रमित व्यक्तिहरुमा ३ लाख ५६ हजार ९६९ जना उपचारपछि घर फर्किएका छन् ।
हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १८ हजार २७९ जनाको मृत्यु भइसकेको भने १ लाख ४३ हजार भन्दा बढी सङक्रमित छन् । स्पेनमा १५ हजार ४४७ जनाको मृत्यु भएको छ भने १ लाख ५३ हजार भन्दा बढीसङक्रमित रहेका छन् ।
कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा१६ हजार ६९७ जनाको मृत्यु भएको छ भने ४ लाख ६८ हजार भन्दा बढी सङक्रमित छन् ।
कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३३६ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ९०७ जनामध्ये ७७ हजार४५५व्यक्ति निको भएर घर फर्किएका छन् ।
जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण २ हजार६०७ जना, फ्रान्समा १२ हजार २१० जना, बेलायतमा ७ हजार ९७८ जना मृत्यु भइसकेको छ ।



















