सुर्खेत क्वारेन्टाइनमा रहेका दुई जनाको कोरोना परीक्षण रिपोर्ट ‘पोजिटिभ’
प्रकाशित मिति: बिहिबार, बैशाख ०४, २०७७ | १७:२०:५६
सुर्खेत, ४ बैशाख ।
सुर्खेतमा क्वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना भाइरसको परीक्षण गर्दा पोजिटिभ रिपोर्ट देखिएको छ ।
सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालको पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ नतिजा आएको हो ।
थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको सेती अञ्चल अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन् , उनले भने, ‘दुवै नेपाली भारतबाट आएपछि सुर्खेतमा क्वारेन्टाइनमा राखिएको थियो ।’
सो अस्पतालमा पीसीआर बिधिबाट नै गरिएको भए पनि थप पुष्टि गर्न काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाउने निर्णय गरेको एक चिकित्सकले बताए ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०४, २०७७ |
१७:२०:५६
7239



















