कोरोनालाई जितेर घर फर्किँदै धनगढीका युवा
प्रकाशित मिति: आइतबार, बैशाख ०७, २०७७ | १५:२०:०६
धनगढी,७ वैशाख
कोरोनालाई जितेर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक घर फर्किने भएका छन्।
चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो। २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।
डाक्टर जगदिश जोशीले युवकमा कोरोनाको रिपोर्ट २४ घण्टाभित्र लगातार दुई पटक नेगेटिभ आएको सेतोपाटीलाई बताए।
‘उहाँको २४ घण्टाको अन्तरालमा परीक्षण गर्दा दुईपटक नै कोरोना नेगेटिभ आयो, आजै या भोलिसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको छ,’ उनले भने।
मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो। १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किदैछन्।
प्रकाशित मिति : आइतबार, बैशाख ०७, २०७७ |
१५:२०:०६
4093



















