झापाका थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमित सङ्ख्या ५२ पुग्यो
प्रकाशित मिति: आइतबार, बैशाख १४, २०७७ | १९:२८:३३
काठमाडौं ,१४ वैशाख ।
झापामा थप एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
आज कोशी अञ्चल अस्पताल विराटनगरमा भएको परीक्षणबाट झापाका ५० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
हाल उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। नयाँ सङ्क्रमित झापाका दोस्रो व्यक्ति हुन्। यसअघि झापाकी ६२ वर्षीय पुरुषमा काेराेना पाेजेटिभ देखिएकाे थियाे।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५२ पुगेको छ। सङ्क्रमितमध्ये १६ जना उपचारपछि निकाे भइसकेका छन्। बाँकीकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ।
प्रकाशित मिति : आइतबार, बैशाख १४, २०७७ |
१९:२८:३३
3961



















