प्रदेश ५ मा पनि भेटिए दुई कोरोना संक्रमित, संक्रमितको संख्या ५९ पुग्यो
प्रकाशित मिति: शुक्रबार, बैशाख १९, २०७७ | १४:३६:३९
काठमाडौं, १९ बैशाख ।
थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश ५ मा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको पनि मन्त्रालयले जनाएको छ । नयाँ दुई जना संक्रमित रुपन्देही निवासी २५ वर्षीया पुरुष र बाँके निवासी ६० वर्षीया पुरुष छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १९, २०७७ |
१४:३६:३९
4621



















