कोरोना अपडेट: मृत्यु हुनेको संख्या २ लाख ४८ हजार नाघ्यो, निको हुनेको संख्या अहिलेसम्म ११ लाख ५९ हजार ५ सय
काठमाडौं,२२ वैशाख
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित मृत्यु हुनेको संख्या २ लाख ४८ हजार ५६७ पुगेको छ। विश्वभर हालसम्म कोरोना भाइरसबाट ३५ लाख ८२ हजार८०७ जना संक्रमित बनेका छन् भने यसबाट निको हुनेको संख्या ११ लाख ६० हजार १२० पुगेको छ।
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ११ लाख ८८ हजार ८२६ पुगेको छ।
यस्तै यसबाट मृत्यु हुनेको संख्या पनि अमेरिकामा ६८ हजार ६०६ पुगेको छ।
इटालीमा पनि यसबाट ज्यान गुमाउनेको संख्या २८ हजार ८८४ पुगेको छ।
त्यहाँ संक्रमितको संख्या दुई लाख १० हजार ७१७ रहेको छ।
यस्तै स्पेनमा मृत्यु हुने २५ हजार २६४ र संक्रमितको संख्या दुई लाख ४७ हजार १२२ पुगेको छ।
फ्रान्समा संक्रमित एक लाख ६८ हजार ६९३ जना तथा मृत्यु हुने २४ हजार ८९५ रहेका छन्।
बेलायतमा संक्रमित एक लाख ८६ हजार ५९९ रहेका छन् भने मृत्यु हुनेको संख्या २८ हजार ४४६ रहेको छ।
यता छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।
अहिलेसम्म भारतमा कोभिड–१९ बाट १ हजार ३ सय ९५ जनाको ज्यान गइसकेको छ। यस्तै संक्रमितको संख्या पनि ४२ हजार ६ सय ७० पुगेको छ।




















