नेपालमा पछिल्लो २४ घन्टामा देखिएन नयाँ कोरोना संक्रमित – स्वास्थ्य मन्त्रालय
प्रकाशित मिति: सोमबार, बैशाख २२, २०७७ | १६:४१:५२
काठमाडौं,२२ वैशाख
नेपालमा पछिल्लो २४ घन्टामा थप कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा देवकोटाले यस्तो बताएका हुन्।
प्रयोगशाला परीक्षणका आइतबार नेपालगञ्ज र वीरगञ्जमा गरी १५ जनामा जनामा कोरोना संक्रमण देखिएको थियो। शुक्रबार पनि नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो।
शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ।
प्रकाशित मिति : सोमबार, बैशाख २२, २०७७ |
१६:४१:५२
4291



















