विश्वभर कोरोना: ४१ लाखभन्दा बढी संक्रमित , २ लाख ८० हजारको मृत्यु
चितवन,२८ वैशाख
विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाखभन्दा बढी पुगेको छ। आइतबारसम्म ४१ लाख १ हजार ९ सय ९९२ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये हालसम्म २ लाख ८० हजार ४५४जनाको मृत्यु भएको छ भने १४ लाख ४१ हजार ८८५ उपचारपछि स्वस्थ बनेका छन्।
हालसम्म अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। अमेरिकामा १३ लाख ४७ हजार ३१८ मा कोरोना देखिएको छ। संक्रमितमध्ये ८० हजार बढीको मृत्यु भइसक्दा २ लाख ३८ हजार बढी उपचारपछि स्वस्थ बनेका छन्।
हालसम्म पनि कोरोनाको खोप र औषधि बन्न सकेको छैन। अैषधि र खोपहरु परीक्षणकालमै छन्।
खोप र औषधि नबनिन्जेल सरसफाइमा ध्यान दिने, दोहोर्याउँदै हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, रुघाखोकी तथा निमोनिया भएका बिरामीको नजिक नजाने, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्ने, भीडभाडमा नबस्ने जस्ता उपाय अपनाए कोरोनाबाट बच्न सकिने विज्ञ बताउँछन्।




















