कोरोनाको पछिल्लो अपडेट: २ लाख ८३ हजार ८७६ जनाको मृत्यु, ४१ लाख ८१ हजार २२१ जनालाई संक्रमण
काठमाडौं,२९ वैशाख ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ८३ हजार ८७६ जनाको मृत्यु भईसकेको छ भने ४१ लाख ८१ हजार २२१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १४ लाख ९३ हजार ४९० जना स्वास्थ्इोपचार पछि निको भएका छन् भने विश्वमा ४७ हजार २४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८० हजार ७८७६जनाको मृत्यु भईसकेको छ भने १३ लाख ६७ हजार ६३८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ५६ हजार ३३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २६ हजार ६२१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६४ हजार ६६३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ अहिलेसम्म १ लाख ७६ हजार ४३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ३१ हजार ८५५ जनाको मृत्यु भईसकेको छ भने २ लाख १९ हजार १८३ जनालाई संक्रमण भएको छ ।




















