चर्चित गीतकार रत्न शमशेर थापाको निधन
प्रकाशित मिति: बिहिबार, जेठ १५, २०७७ | १५:०९:५६
काठमाडौं,१५ जेठ ।
वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार बिहान साढे ११ बजे उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिएका छन् ।
थापा लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । थापाले रचना गरेका घुम्तीमा नआऊ है, ए कान्छा ठट्टैमा यो वैंशलगायत सयौं नेपाली गीत चर्चित छन् ।शिक्षण अस्पतालमा मुटुको अप्रेसर गरेर कमलपोखरीस्थित घरमै आराम गर्दै आएका थापालाई बुधबार नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
प्रकाशित मिति : बिहिबार, जेठ १५, २०७७ |
१५:०९:५६
5039



















